Logo

बाघको आतंकपछि गाउँलेले पासो थापेर समाते (भिडीयोसहित)



तनहुँ, २८ बैशाख । बाघले तनहुँमा आतंक मच्चाएपछि स्थानीयले पासो थापे । निकै मिहेनत गरी थापिएको पासोमा बाघ परेको छ । बन्दिपुर ३ सेराटारका स्थानियले बाघलाई पासोमा पार्न सफल भएका हुन् । देवी थुम्का सामुदायिक वन उपभोक्ता समितीले निर्माण गरेकोे खोरमा बाघ परेको हो । ०७६ फागुनमा तनहुँ वन कार्यालयको सहयोगमा जंगलमा खोर निर्माण गरिएको थियो ।

स्थानिय विश्वेश्वर भट्टराईले बाघले दुःख दिएकाले स्थानियहरु त्रासमा बस्नुपरेकोे जानकारी दिए । उनले बाघले आतंक मच्चाएकोले स्थानियहरु आफै सचेत भएर जिल्ला वन कार्यालयको सहयोगमा खोर निर्माणमा जुटेको बताए । वन उपभोक्ता सामुदायिक समितीको अध्यक्ष कुल बहादुर अधिकारी हुन् । पुरानै प्रविधिमा बनाइएको खोरको बीच भागमा बाख्रालाई राखिएको थियो भने बाख्रालाई बाघले आक्रमण गर्न भित्र पस्दा ढोका आफै लाग्ने र बाख्रो भने सुरक्षित हुने खोर निर्माण गरिएको थियो ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्