Logo

विष्णु पुराणमा के छ



हिन्दु धर्मको ग्रन्थ वेद हो वेदको सार उपनिषदको सार गीता हो । इतिहास ग्रन्थमा वाल्मिकि रामायण, वेदव्यास कृत महाभारत र पुराण आउँछ । यही १८ पुराणमा एक हो विष्णु पुराण र यसको सक्षिप्त जानकारी ।

यो पुरण अन्य पुराण भन्दा छोटो छ यसमा सात हजार मात्र श्लोक छन् । यो पुराणको रचना महर्षि वशिष्ठको छोरा वेदव्यासको पिता पराशर ऋषिले गरेका हुन् । यो महापुराणमा भगवान विष्णु र उनको भक्तको बारेमा वर्णन गरिएको छ जुनै धेरै रोचक छ । यसमा विष्णुको अवतारको वारेमा बताइएको छ जसमा श्रीकृष्ण र राम कथाको विशेष उल्लेख छ ।

यो पुराण छ अध्यायमा छ । पहिलोमा सृष्टिको उत्पत्ति र कालको स्वरुप धुर्व, पृथु तथा प्रह्लादको रोचक कथा, दोस्रोमा सबै लोकका वर्णन र पृथ्वीको ग्रह नक्षत्रको वर्णन, तेस्रोमा काल, वेद, गृहस्थ र श्रादविधिको वर्णन चौंथोमा सुर्यवंश र चन्द्रवंशको बारेमा पाचौमा श्रीकृष्ण चरित्र र लिलको वर्णन र छैठौमा प्रलय तथा मोक्षको ज्ञान प्राप्त गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्