Logo

नारद मुनि कुरौटे मात्र होइनन् त्रिकालदर्शी हुन्



नारद मुनिको नाम सबैले सुनेकै छौ । हिन्दु मान्यता अनुसार नारद मुनिको जन्म ब्रह्माजीको काखबाट भएको हो । ब्रह्माबाट नै उनले संगीतको शिक्षा लिएका थिए । भगवान विष्णुले नारदलाई मायाको विविध रुपमा सम्झाएका थिए । नारद विभिन्न कला र विद्यामा निपुर्ण थिए र उनी प्रकाण्ड विद्धान मानिन्छन् ।

देवताहरुले ऋषिहरुका देवषिको रुपमा नारद मुनिलाई भनेका छन् । नारदलाई महर्षि व्यास, वाल्मिकि र महाज्ञानी शुकदेवको गुरु भनिएको छ । ब्रह्मा पुत्र प्रजापतिको छोराहरुलाई उनले संसारको शिक्षा दिएका थिए । नारदमुनि विष्णुको भक्त थिए र उनले अमर हुने वरदान प्राप्त गरेका थिए । केहि शास्त्रमा विष्णुको अवतार पनि भनिएको छ उनी त्रिकालदर्शी हुन् । उनी जतिबेला पनि आफ्नो वीणाको मधुर तानमा विष्णुको गुणगान गर्दथे । उनको मुखबाट सधै नारायण नारायण जप गरिरहन्थे ।

नारद मुनिले नै भृगु कन्या लक्ष्मीलाई विष्णुसँग विवाह गराइदिएको पनि भनिएको छ । नारदले नै वाल्मिकि लाई रामायण रचना गर्ने प्रेरणा दिए, व्यास ल भागवतको रचना गरे । राम, कृष्ण, युधिष्ठिर, विष्णुलाई उपदेश दिएर कर्तव्यभिमुख भए । ‘पाचरात्र’ उनले लेखेको पहिलो ग्रन्थ हो । भगवान विष्णुको कृपाले उनी सबै युगमा र तीनै लोकमा कुनै पनि स्थानमा प्रकट हुन सक्छन् । उनले संसारको पहिलो पत्रकार वा पहिलो संवाददाता हुने गौरव प्राप्त गरे । उनी सबै लोकको भ्रमण गरी समाचार आदान प्रदान द्धारा पत्रकारीताको प्रारम्भ गरे । १२ वर्षसम्म नारदले स्त्रीको रुपमा राजा तालजंघको पत्नीको रुपमा रहे र पछि विष्णुको कृपाले पुःन नारदको रुपमा फर्किए । उनी आजीवन अविवाहित बसे । धर्म ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot