Logo

आज (आइतबार) थप दुई जना कोरोना संक्रमित निको भई घर फर्के , निको हुनेको संख्या ३३ पुग्यो



काठमाडौँ २८ वैशाख : आइतबार थप दुई जना कोरोना संक्रमित निको भएका छन्। झापाको दमक निवासी ६३ वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक कोरोनामुक्त भएका हुन्।

विराटनगरको कोशी अस्पतालमा उपचाररत उनीहरुमा पछिल्ला पटक गरिएका परीक्षणहरुमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालको स्रोतले जनाएको छ।

भोजपुरका युवकमा गत वैशाख ११ गते कोरोना संक्रमण देखिएको थियो। उनी गत फागुनको अन्तिम साता साउदीबाट नेपाल आएका थिए। यस्तै, झापाका पुरुषमा वैशाख १२ गते संक्रमण देखिएको थियो।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३३ पुगेको छ। जसमध्ये तीन जनामा पुनः संक्रमण देखिएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ। त्यसमध्ये, ७८ जना पुरुष र ३२ जना महिला रहेका छन्। मेरोलगानी



प्रतिक्रिया दिनुहोस्