Logo

प्रदीप नेपालले भने- सन् २००२ यता प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री भएकाले लिपुलेकबारे नबोल्नु उचित



काठमाडौं, २८ वैशाख । पूर्वमन्त्री प्रदीप नेपालले सन् २००२ यता प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री भएका कसैले पनि लिपुलेक सडकका बारेमा नबोल्नु उचित हुने टिप्पणी गरेका छन् । उनले लिपुलेक सडकबारे सबैभन्दा बढी प्रतिक्रिया दिनेमा यीनै व्यक्तिहरु अगाडि रहेपछि यस्तो टिप्पणी गरेका हुन् ।

लामो समय कम्युनिस्ट राजनीतिक गरेर पछिल्लो समय साहित्य र लेखनमा केन्द्रित रहेका प्रदीप नेपालले नेकपाभित्रकै पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीहरुले सरकारको आलोचना गर्न थालेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । विशेषगरी पूर्व गृहमन्त्री भीम रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संसदीय समितिमा अप्ठ्यारोमा पार्ने गरी बोलेपछि नेपालले यस्तो धारणा व्यक्त गरेका हुन् ।

भीम रावल पनि सन् २००२ यता गृहमन्त्री भएकामा पर्दछन् । सोही वर्षपछि भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने लिंक रोड निर्माण अगाडि बढाएको थियो । तर, कुनैपनि सरकारले दरिलो रुपमा कुरा नउठाएको भन्दै अलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्