Logo

महामारीका समय अफ्रिकी मुलुकहरु आर्थिक विकासको उपाय खोज्दै



२८ वैशाख : अफ्रिका महादेशको रोग नियन्त्रण केन्द्रको तथ्याङक अनुसार अफ्रिकाका ५३ वटा मुलुकमा कोभिड १९ भाइरसबाट संक्रमितहरूको सङ्ख्या ५४ हजार ४३४ पुगेको छ । सङ्क्रमितको सङ्ख्या उत्तरी अफ्रिका र पश्चिमी अफ्रिकामा मध्य क्षेत्रको तुलनामा सङ्क्रमण बढी देखिएको छ ।

महामारीबाट अफ्रिकी पर्यटन व्यवसायमा गम्भीर प्रभाव परेको जनाइएको छ । पर्यटन व्यवसायले अफ्रिकी आर्थिक विकासमा एक खर्ब ६९ अर्ब अमेरिकी डलर योगदान दिने गर्छ । यो अफ्रिकाको कूल ग्राहस्थ उत्पादनकोे ७.१ प्रतिशत हो । अफ्रिकामा पर्यटन क्षेत्रले प्रत्यक्षरूपमा दुई करोड ४६ लाख व्यक्तिलाई रोजगारी दिएको छ ।

महामारीमा परी अफ्रिकाका केही मुलुकमा खाद्यान्न अभाव छ । सहारादेखि दक्षिणतिरको दक्षिण अफ्रिकी क्षेत्रमा लगभग २३ करोड ९० लाख मानिस खाद्यान्न समस्यामा रहेका अफ्रिकामा सहयोग क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरूको तथ्याङ्क रहेको छ ।

यसैबीच केन्याको राजधानी नैरोबीका नागरिकहरूले खाद्यान्नको जोहो गर्ने सन्दर्भमा महामारीको रोकथाम कार्यलाई उपेक्षा गरी किनमेल केन्द्र (सपिङ मल)मा भेला भई भिडभाड गरेका खबरहरू विभिन्न सञ्चारमाध्यमहरूले प्रत्यक्ष देखाएका छन् ।

सहरी क्षेत्रमा हुने यस खालको भिडभाडलाई नरोकेमा यस्ता व्यवसायिक केन्द्रनै बन्द गराउने चेतावनी नैरोबीको स्वास्थ्य मन्त्रालयले दिएको छ । रासस File photo



प्रतिक्रिया दिनुहोस्