Logo

अष्ट्रेलियामा लकडाउनविरुद्धको प्रदर्शनका क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप



२८ वैशाख : अष्ट्रलियाको भिक्टोरियामा लकडाउनको विरुद्धमा प्रर्दशनका क्रममा झडप भएको छ। आइतबार करिब तीन सय जनाले गरेको विरोध प्रर्दशनका क्रममा मेलबर्न संसद भवन अगाडि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो। लकडाउन अन्त्य गर्नुपर्ने मागसहित गरिएको उक्त ¥यालीमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

¥याली हिंस्रक भएपछि भएको भिडन्तमा केहि प्रर्दशनकारी घाइते भएका छन् भने एक प्रहरी गम्भिर घाइते भई अस्पताल भर्ना भएका छन्। प्रर्दशनकारीको समुहले संसद भवन अगाडि विरोध गर्ने क्रममा सामाजिक दुरीको नियम तोडेको थियो।

भिक्टोरियाका स्थानियले राज्यको कडा लकडाउनबाट निराश बनेपछि आन्दोलन गरेका हुन्। उनीहरुले ‘स्वतन्त्रता र अधिकारका लागि लड’ भन्ने प्लेकार्ड बोकेका थिए। यसका साथै, मानिसलाई लकडाउन नगर, सरकारलाई गर भन्ने नारा लगाएका थिए।

एक प्रर्दशनकारी महिलाले भाइरस षडयन्त्र भएको प्रमाण आफुसँग रहेको दाबी गरेकी छिन्। उनले संचारमाध्यमसँग करिब चार दशक अघि कोरोना भाइरस जानाजान निर्माण गरिएको प्रमाणका रुपमा आफुसँग सरकारी कागजात भएको बताएकी हुन्। उनले कारोना भाइरस भ्याक्सिन सन् २००० को सुरुवाती दिनमा अमेरिकाले निर्माण गरेको र मानिसको शरिरमा विश्वव्यापी माइक्रोचिप र अनिवार्य खोपका लागि बाध्य बनाएको आरोप पनि लगाएकी छिन्। ‘यो सबै नयाँ नियममा लेखिएको छ र हामी सहमत छैनौँ,’ उनले स्पष्ट पारेकी छिन्।

प्रर्दशनकारीहरुले माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सलाई पक्राउ गर्नुपर्ने भन्दै नारा लगाएका थियो। उनीहरुले कोभिड १९ को भ्याक्सिन प्रयोगकर्ताको शरिरमा ट्रयाकिंग उपकरण लगाउने र सो माध्यमबाट विश्वमा प्रभुत्व हासिल गर्ने बिल गेट्सको योजना रहेको भन्दै विरोध गरेका हुन्।

प्रर्दशनकारीले भ्याक्सिन योजनाबद्ध विश्वव्यापी शक्ति भएको र यसले लाखौँलाई मार्ने भन्दै विरोध गरेका छन्।

हाल भिक्टोरियामा अत्यावश्यक कारणका लागि घर बाहिर जाने अनुमति छ र नियम उलंघन गरेमा एक हजार ६ सय ५२ अष्ट्रेलियन डलर जरिवाना लिने गरिएको छ। मेरोलागानी



प्रतिक्रिया दिनुहोस्