Logo

शंकर पोखरेललाई भीम रावलको जवाफ- अर्ती उपदेश दिने कुराको औचित्य रहन्न



काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावलले अरुलाई अर्ती उपदेश दिने कुराको औचित्य नरहने भन्दै कडा प्रतिक्रिया दिएका छन् । स्थायी कमिटि सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आरोप प्रत्यारोपभन्दा लिपुलेकको मुद्दामा मिलेर जानुपर्ने भनेलगत्तै रावलले कमजोरी छोप्न अरुलाई दोष दिने भन्दै कडा जवाफ दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा रावलले आफू मनपरी गर्ने र अरुलाई अर्ती उपदेश दिन खोजेको आरोप समेत लगाए । उनले राज्यसत्ताको दुरुपयोग गरी गुटबन्दी बन्द गर्न भने ।

यसअघि मुख्यमन्त्री पोखरेलले रावल विगतमा गृह, रक्षा र पर्यटन मन्त्री समेत भएको स्मरण गराउँदै कालापानीलगायत नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि सरकारलाई रचनात्मक सहयोग गर्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot