लण्डन, बैशाख २९ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा सर्तसहितको योजना सार्वजनिक गरेका छन्।
उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताएका छन् । कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन लगाएको थियो।
प्रधानमन्त्री जोनसनले पाँच तहको नयाँ ुकोभिड सतर्कता प्रणालीुले कति चाँडै लकडाउनका प्रतिबन्धहरूलाई अझ खुकुलो पार्न सकिन्छ भन्ने तय गर्ने बताएका हुन् ।उनले जुन १ सम्म प्राथमिक तहका विद्यार्थीलाई विद्यालय फर्काउन सकिने आशासमे व्यक्त गरेका छन्।देशवासीका नाममा सम्बोधन गर्दै जोनसनले यो चरणमा ूयदि विज्ञानद्वारा समर्थन प्राप्त भएू पसलहरू खोलिने जानकारी गराए ।
आगामी चरणमा केही पर्यटन उद्योगहरू पनि खुल्न सक्नेछन्। तर जुलाई १ अघिसम्म ती बन्द रहने जनाइएको छ ।उनले लकडाउन पालना गर्नुपर्ने समूहमा पर्ने व्यक्तिले उल्लङ्घन गरे बढी जरिवाना तिर्नुपर्ने चेतावनी पनि दिएका छन् । बीबीसीका अनुसार सोमवार प्रकाशित हुने लकडाउनसम्बन्धी आदेशले नयाँ योजनाबारे विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ।
त्यस्तै, फ्रान्सलेसमेत सोमवारबाट कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएका धेरै प्रतिबन्धहरू हटाउँदैछ भने स्पेनले पनि आफ्ना केही क्षेत्रहरूमा सोमवारदेखि लकडाउनलाई खुकुलो पार्ने बीबीसीले उल्लेख गरेको छ ।