Logo

कोरोनापछि होईन भारतसँग तत्काल वार्ता चाहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं, २९ वैशाख । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सिमा विवाद समाधानको लागि भारतसँग वार्ताको पहल भैरहेको जानकार दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले सरकारको प्राथमिकता वार्ताबाट समस्याको समाधान गर्नु रहेको बताए ।

उनले दुवै पक्षले स्वीकार गरेको पक्ष भनेको परराष्ट्र सचिवस्तरीय वार्ता नै हो भन्दै प्रधानमन्त्री वा परराष्ट्रमन्त्री तहमा तत्काल कुरा गर्न नचाहेको बताए । उनले भने, हामीले कोरोना नियन्त्रणपछि नभई भारतसंग तत्कालै वार्ता चाहेका छौं । त्यसको लागि कुटनीतिक तवरमा पहल भैरहेको छ । त्यस्तै उनले सीमा विवाद अहिले नै अन्तर्रा्िष्ट्रयकरण गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot