काठमाडौं, २९ वैशाख । थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सप्तरी डाक्नेश्वरी नगरपालिलका ३ का १८ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको हो। योसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ।
धरानस्थित् विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनको स्वास्थ्य सामान्य रहेको छ। उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ। नेपालमा हालसम्म संक्रमण देखिएका १२१ जनामध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।