Logo

भारतले नेपाली भूमि मिचेर सडक बनाएकोबारे सरकारले भारतीय राजदूतसँग जानकारी लियो



काठमाडौं, २९ वैशाख । नेपाल सरकारले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग नेपाली भूमि लिपुलेकमा हाम्रो भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ । सोमबार अपरान्ह परराष्ट्र मन्त्रालयले राजदूत क्वात्रालाई मन्त्रालयमै बोलाएर जानकारी लिएको हो । सरकारले राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिएको बुझिएको छ ।

भारतीय उक्त कदमको बारेमा नेपाल सरकारले यसअघि नै विरोध गरिसकेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्क्षयद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपालले पनि विज्ञप्ती निकालेर तत्काल निर्माण कार्य रोक्न भारतलाई आग्रह गरेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्