जो हाँस्छ ऊ धेरै बाँच्छ । सबैलाई हसिलो अनुहार मन पर्छ । दिल खोलेर हाँस्दा एउटा मात्र फाइदा हुँदैन धेरै हुन्छन्् हासो विभिन्न रोगको औषधि नै हो । हाँस्नु धेरै आवश्यक चीज हो । अझ लकडाउनले घरमा एकान्तमा बस्नु परेको बेला त हासो रामवाण नै हो । हाँस्नुको फाइदा हेरौ ।
एकछिन मज्जाले हास्दा तनावबाट मुक्ति दिएर ४५ मिनेटसम्म आराम दिन्छ । हासोले प्रतिरक्षा प्रणालीको क्षमतालाई सुधार गर्छ ।
- प्रतिरक्षा बलियो
- शरीरलाई आराम
- हृदयघातबाट बचाउँछ
- क्यालोरी बढाउने
- रिस नियन्त्रण
- लामो आयु
- डायबेटिजबाट जोगाउँछ