Logo

लिपुलेकबारे बोल्यो विप्लव नेकपा, सत्ताको अन्त्यका लागि संघर्षमा उठ्न सेना र प्रहरीलाई अपिल



काठमाडौं, २९ वैशाख । भारतले लिपुलेक हुँदै चीनसँगको लिंकरोड खोलेकोमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भत्र्सना गरेको छ । उसले भारतलाई नेपालको सार्वभौमिकताको सम्मान गर्न समेत माग गरेको छ ।

शनिबार विप्लव नेतृत्वको नेकपाका अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कञ्चनले वर्तमान सत्ताको अन्त्यका लागि संघर्षमा उठ्न नेपाली सेना र नेपाल प्रहरी समेतलाई अपिल गरेको छ । भारतले बेरोकटोक लिपुलेकबाट बाटो बनाउँदा पनि चुपचाप बसेको भन्दै कडा आलोचना गर्दै सत्ताको अन्त हुनुपर्नेमा जोड दिएको भनेको छ । नेकपाले राष्ट्रिय स्वाधिनताको संघर्ष गर्ने घोषणा समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot