काठमाडौ, २९ बैशाख । मनको कुनै पनि भावना व्यक्त गर्न भाषाको आवश्यकता हुँदैन । प्रेममा त झन इशाराको नै बढी महत्व हुन्छ । प्रेमको सुरुवात त झनै इशाराले गरिन्छ । प्रेम प्रस्ताव स्विकार वा अस्विकार गरेको इशाराले नै बुझ्न सकिन्छ । प्रेममा इशारा बुझ्न सकिएन भने प्रेम धेरै समय सम्म टिक्दैन । त्यसैले युवतिले आफुलाई कसरी हेरेकी छन् त्यसको जाँच गर्नु आवश्यक हुन्छ । यदि युवतीले निम्न लक्षण देखाएमा तपाइँलाई उनले पनि मन पराउन थालेकी छिन् ।
कुनै युवतीले आज कुनै काम छैन भनेर भन्छ भने तपाइँलाई खास योजना बनाउ भनेको हो । बारम्बार आफ्नो मन पर्ने रेष्टुरेन्टको बारेमा बताइरहेकी छन् भने बुझ्नुहोस् उनी तपाईँको साथमा रोमाण्टिक ठाउँमा सँगै बस्न चाहान्छिन् ।
उसको साथमा तपाइँ पनि खुशी हुनुहुन्छ भने उनीलाई सोध्नुहोस् म सँग घुम्न मन पर्छ भनेर । उनी घुम्न जान तयार हुन्छिन् । उनी एक्लै भएको समयमा स्पष्ट रुपमा आफ्नो कुरा राख्नु पर्छ तिमी बाहेक मेरो अरु कोहि छैन ।
आफु साथीहरुसँग भएपनि प्रेमिका तीर ध्यान दिइराख्नु पर्छ । तपाईँको सानो सानो कुरा ध्यान दिएर तपाइँको कुरामा हास्छिन भने अवश्य नजिक हुन खोजेकी छिन् ।
उनी जुन समयमा पनि भेट्न खोज्छिन र तपाइँ जति नै तड्पिन्छन भने बुझ्नुहोस तपाइँलाई माया गर्न थालेकी छन् ।