रीता खनालः अहिले जसरी सरकार चलेको छ त्यसले सरकार बिलासिता र भ्रष्टाचारका लागि होइन भन्ने औचित्य के ? सरकारी खर्च घटाउनुस , भ्रष्टाचार नियन्त्रण गर्नुस, सबैखाले चुहावट पुर्ण रुपमा घटउदै जानुस, वडादेखी केन्द्र सम्म, बिशिस्ट अति बिशिस्ट पुर्ब बिशिस्ट सबैको सुबिधा घटाउनुहोस् । कर बढाउने सबै आधार गुमाएको अर्थमन्त्रीज्यु धम्की होइन पदिय जिम्मेवारी पूरा गर्नुस ।
जुन जुन निकायलाई नागरिकका तर्फबाट छुट दिन आव्हान गर्नुभएको छ । ती सबै क्षेत्र लाई क्षतिपूर्ति को घोषण गर्नुस् अन्यथा नागरिकको सम्पत्तिमा तपाइको हुन्कार चल्दैन ।
कोहि भोकै बस्नु पर्दैन कोहि भोकै मर्नु पर्दैन भन्न्ने नारा अलापी रहनुहुन्छ त ? तपाईंको क्याबिनेट का कमान्डर प्रधानमन्त्री ज्यु, सरकार केही देखिराखेको छ भने कत्ति जनाले आत्महत्या गरि सके ? हजारौं ब्यक्ति सडक पेटीमा सामाजिक हातहरुले दिएको खाएर प्राणधान्दै छन । दुई महिना हुन लाग्यो नागरिक लकडाउनको नाममा घरभित्र थुनिएको छ ।
१० किलो चामल र १ किलो दालले कस्को चुल्हो महिनौं सम्म बाल्न सकिन्छ ? ३ दिनको सुत्केरी ६ दिन देखि चामल भिजाएर खाएको छु भन्ने रोदन छरपस्ट छ । खुला आकाश मुनि जीवन गुजारेका हरु कत्तिबेला कस्ले कहाँ खाना बाडला र पापी पेट भरौला भनेर आँखा तानेर बसेका छन् । प्रदेश मा बिदेशी तेरो घर जा भनेर घोक्रउछ स्वदेश ल्याउन सकिन्न भन्छ । मर्न परे देशमा नै मर्न पाऊँ भनेर चित्कार्दै छन् । लाखौं नेपाली बिदेशी भुमीमा तिन्को तत्काल उदार र तिनिसहितको नेपालको भाबी योजना र ब्य्स्बस्थापनमा कुनै चासो छैन । सिमामा अलपत्र परेका नेपाली स्वदेशी भुमी टेक्न पाउ भन्दा बाचे बाच मरे मर भनेर त्यतै बस भन्छ । जिउदै मर्नु भन्दा एक प्रयाश किन नगर्ने भनेर कहालीलाग्दो महाकाली हाम फालेर नेपाल टेकेको एउटा् नेपाली लाई नाङ्गो बजार घुमाउछ कत्ती महाकाली ले खायो कस्लाइ के चिन्ता ?
होइन के के मात्रै दुर्दशा हेरेर सहेर बस्ने भनेकोरु स्वस्थ्य कर्मी लाई स्वास्थ्य उपकरण र सुरक्षा सामाग्री छैन ? स्वस्थ्य परिक्षण गर्ने कि ट छैन नागरिक को यस्तो बीभत्स र चित्कारमा सरकारको उपस्तिथिती नागरिक को लागि कहिँ कतै छैन बरु स्वस्थ्य सामाग्री खरिद को नाम मा करोडौं को भ्रस्टाचार र सत्ता बचाउ मा जस्तासुकै कुकृत्य गर्न निर्लिप्त छ सरकार ? सरकार को अर्थ मन्त्री १० किलो चामल बाडेर कर वृद्धि गर्ने धम्की दिदै हुनुहुन्छ१ अर्थमन्त्री ज्यु कर के का लागि कस्का लागि र किन चौतित्य प्रमाणित गर्नुपर्छ अब१ वडा देखि तिनै तहको सरकार को सेवा सुबिधा बृद्दी गर्न र राज्य र नागरिक का नाम मा गरिन खोजेको हरेक कदम मा भ्रष्टाचार मात्रै गर्नका लागि कर वृद्धि गरिरहने हो भने अब नागरिक ले थप कर होइन कुनै कर नतिर्ने दिन आउन सक्छ ? चेतना भएस१बिपन्न गरिब र श्रमजीवी हरु भोकभोकै , सबै प्रकारका ब्यबसायी हरु धरापमा अनि सबै खाले नागरिक सकसमा परेका छन् ।
सिमा दुबैतितर लूटिदै छ । अर्कातिर सरकारको नाकै मुनि सुरक्षाकर्मी चुटिदै होइन यो सरकार कस्को लागि हो सर्बत्र प्रस्न यहि छ सरकार ।