Logo

पिसीआर परिक्षण १८ हजाभन्दा कम, ४ सय ९५ जना सम्भावित जोखिमको सूचिमा



वैशाख २९, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ७६ हजार ३ सय ५५ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सयभन्दा बढि परीक्षण भएको छ । यो संख्या अघिल्ला दिनभन्दा धेरै हो । हालसम्म १७ हजार ८ सय ९ जनाको पिसीआर परीक्षण र ५८ हजार ५ सय ४६ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ७७३७, प्रदेश दुईमा ५९२७, बागमति प्रदेशमा ९२९०, गण्डकी प्रदेशमा ६४८४, प्रदेश पाँचमा ६९८५, सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ र कर्णाली प्रदेशमा ७११४ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा क्वारेन्टाइनमा १२ हजार ७ सय १ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा १ सय १८ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब ५ हजार जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आइसोलेसनमा १ सय ५३ जना रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा १ जना मात्रै छन् । यो संख्या कोरोना संक्रमित भएर उपचार गराइरहेका र सम्भावित कोरोना संक्रमितको हो ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ११ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ३४ हजार ५ सय नाघेको छ ।

तिमध्ये ३ सय ४२ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ४ सय ९५ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्