Logo

गल्तीले समुन्द्रमै इरानी नौसैनिक जहाज ध्वस्त हुँदा १९ को मृत्यु



एजेन्सी, २९ वैशाख । नौसैनिक अभ्यासका क्रममा १९ जना इरानी सैनिकको मृत्यु भएको छ । ओमानको खाडीस्थित समुन्द्रमा भएको घटनामा जहाजलाई मार हान्ने मिसाइल परीक्षणका क्रममा ती सैनिकको मृत्यु भएको हो । घटनामा १५ जना नौसैनिक घाइते भएका छन् ।

इरानी मिडियाले जनाए अनुसार कोनाराक नामको जहाजलाई मिसाइलले लागेको थियो । आइतबार अभ्यासका क्रममा यो घटना भएको हो । नौसैनिक जहाजलाई समुन्द्रको किनारमा ल्याएर अनुसन्धान अअगाडि बढाइएको उल्लेख छ ।

घटना रणनीतिक महत्वको स्ट्रेट अफ होरमुज नजिक भएको हो । इरान नजिकैको अरब सागरस्थित होरमुबाट विश्वको ठुलो मात्रामा तेल भरिएका जहाजको ओहोरदोहोर हुन्छ ।

इरानी सैनिकले गत वर्ष युक्रेनको यात्रुबाहक विमानलाई गल्तीले प्रहार गरेको थियो । फेरि जहाजमाथि प्रहार हुनुले उसको सैन्य उपकरण र हतियारमाथि प्रश्न उठ्न थालेको छ ।-Photo Source: Iranian Navy



प्रतिक्रिया दिनुहोस्

Screenshot