Logo

भीटामिन ‘डी’ को कमी हुनेलाई कोरोना संक्रमण र मृत्युको सम्भावना बढी



एजेन्सी, २९ वैशाख । के तपाईलाई भीटामिन ‘डी’ को कमी छ ? छ भने होशियार हुनुहोस् । भिटामिन डीको स्रोतहरु माछा, चीज, सुन्तला, गेडागुडीको सेवनका अलावा सुर्यको प्रकाशमा रहनुहोस् । किनभने भिटामिन ‘डी’ को कमी हुनेलाई कोरोना भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ । भीटामिन डी कम भएका व्यक्ति संक्रमित भएमा मृत्युको सम्भावना पनि बढी हुन्छ ।

बेलायतको अनग्लिया रुस्किन विश्वविद्यालयले र क्विन इलिजावेथ हस्पिटल किङग्स लिन एनएचएम फाउन्डेशन ट्रस्टका वैज्ञानिकहरुले गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । अध्ययनपछिको अनुसन्धानमुलक लेख जर्नल एजिङ क्लिनिकल एन्ड एक्सपेरिमेन्ट रिसर्चमा प्रकाशित छ ।

अध्ययनका अनुसार भीटामिन डी पर्याप्त हुनेलाई कोरोना भाइरसको संक्रमण कम हुनुमा यले व्हाइट ब्लड सेलको प्रतिक्रियालाई व्यवस्थित गर्दछ जसका कारण धेरै उत्तेजित पार्ने साइटोकिन्स धेरै निस्कासन हुनबाट रोक्दछ । साइटोकिन्स संक्रमणसँग जुध्ने शरीरको प्रतिरक्षाको प्रतिक्रियाको एउटा अंश हो ।

अध्ययनले इटाली र स्पेनमा बढी कोरोना संक्रमण हुनु र त्यसबाट बढी मानिसको मृत्यु हुनुमा त्यहाँ मानिसमा देखिएको भीटामिन डी को कमी भएको देखाएको छ । उत्तरी युरोपका देशहरुका मानिसमा भिटामिन डी पर्याप्त देखिएको छ । त्यहाँ कम संक्रमित र संक्रमित भएपनि कम मृत्यु दर देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्