Logo

कोरोना अपडेटः विश्वभर दुई लाख ८४ हजारको मृत्यु



जेनेभा,बैशाख २९ । कोरोनाभाइरसका कारण विश्वभर दुई लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ९६ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा तीन हजार ५१० जनाको ज्यान गएको छ । अघिल्लो दिन ४ हजार दुई सय ४८ जनाको मृत्यु भएको थियो ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ६५ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार आठ सय ५५ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा सात सय ५० जनाको ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ एक हजार चार सय २२ जनाको मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार सात सय ८७ पुगेको छ ।

कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा एक सय ६५, स्पेनमा एक सय ४३ र फ्रान्समा ७० जनाको ज्यान गएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot