Logo

‘नालायक सरकार मुर्दावाद, हाम्रो भूमि फिर्ता गर’ भन्दै नेविसंघद्धारा धनगढीमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २९ वैशाख । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोबर जाने सडक निर्माण गरेपछि नेपालले विरोध तथा आपत्ति जनाएको छ । सरकारले प्रेस विज्ञप्ती निकालेर भारतीय उक्त कदमको निन्दा गर्दै सडक निर्माण कार्य स्थगन् गर्न माग गरेको छ । तर, भारत सरकारले उक्त सडक पूर्णतयः आफ्नै भूमिमा बनाएको भनेर नेपाल सरकारलाई कडा जवाफ फर्काएको थियो । त्यसपछि नेपालमा दैनिकजसो भारतविरुद्ध विरोध तथा प्रदर्शन भैरहेका छन् ।

Posted by Manish Kunwar on Monday, 11 May 2020

यही सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले धनगढीमा विरोध प्रदर्शन गरेको छ । मनिष कुँवरले जनाएअनुसार नेविसंघले धनगढी पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालय अगाडिसम्म नाराबाजी तथा विरोध प्रदर्शन गरेको थियो । उनीहरुले नालायक सरकार मुर्दावाद, हाम्रो भूमी फिर्ता गर जस्ता चर्को नारा समेत लगाएका थिए ।

तस्विर तथा भिडियो स्रोत : मनिष कुँवरको फेशबुक 



प्रतिक्रिया दिनुहोस्