Logo

मेगा बैंकको खुद नाफा डेढ अर्ब नजिक



काठमाडौँ ३० वैशाख : मेगा बैंक नेपाल (MEGA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ४५ करोड १० लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोड ६८ लाख रुपैयाँ अर्थात १९.५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब २१ करोड ८२ लाख रुपैँया मुनाफा आर्जन गरेको थियो।

चैत मसान्तसम्ममा बैंकले ८५ अर्ब ७ करोड रुपैँया निक्षेप संकलन गरी ७८ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप गत आर्थिक वर्षको तुलनामा ८.१२ प्रतिशत बढेको छ भने कर्जा तथा सापटी १२.७ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७५ करोड २७ लाख रुपैयाँबाट बढेर ३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यस्तै, बैंकको खुद सञ्चालन मुनाफा १ अर्ब ७० करोड ५७ लाख रुपैयाँबाट बढेर २ अर्ब ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ९६ करोड ९१ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ४७ करोड ९३ लाख रुपैया रहेको छ। त्यसैगरी, बैंकको निष्क्रिय कर्जा १.४२ प्रतिशतबाट घटेर १.३२ प्रतिशतमा सीमित भएको छ।

१० अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९० करोड ७९ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा १३ अर्ब ७३ करोड २९ लाख रुपैयाँ रहेको छ। यस्तै चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४५ करोड ९८ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात १०.६७ गुणा छ।मेरोलागानी File Photo



प्रतिक्रिया दिनुहोस्