काठमाडौं, ३० वैशाख । नेपालमा एकै दिन आज ५७ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको संख्या ५७ रहेको छ र ती सबै पुरुष रहेका छन् । जसमध्ये कपिलवस्तु जिल्लामा ८ जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ जना रहेका छन् । उनीहरुको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।