Logo

भारतीय अक्रिमणविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु पक्राउ (फोटोफिचर)



काठमाडौं, ३० वैशाख । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि नेपालमा विरोध तथा प्रदर्शन भैरहेका छन् । नेपाल सरकारले विज्ञप्ती नै जारी गरेर भारतीय कदमको विरोध गरिसकेको छ । संसदमा समेत कुरा उठिसकेको छ ।  माईतीघर मण्डला र भारतीय दूतावास आपसपासमा दैनिक विरोध तथा प्रर्दशन भैरहेका छन् ।

प्रहरीले प्रर्दशनमा उत्रिएकाहरुलाई पक्राउ गरिरहेको छ । आज भारतीय कदमको विरुद्धमा प्रदर्शनमा उत्रिएका अभियन्ताहरु पक्राउ परेका छन् । अधिवक्तासमेत रहेका अभियन्ता स्वागत नेपालसहित आज माईतीघरबाट पक्राउ परेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot