Logo

शेयर कारोबारका लगानीकर्तालाई आवश्यकता हेरेर पास वितरण गरिने



काठमाडौँ ३० वैशाख :शेयर कारोबारको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्तालाई पासको व्यवस्था गरिने भएको छ। ब्रोकर कम्पनीको सिफारिसमा लगानीकर्तालाई पास उपलब्ध गराउने तयारी रहेको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए।

मंगलबार भने कुनै लगानीकर्तालाई पास उपलब्ध गराइएन। बुधवारबाट आवश्यकता अनुसार उपलब्ध गराउने तयारी रहेको रानाभाटले बताए। बोर्ड र ब्रोकर कार्यालय बिचमा भएको सल्लाह अनुसार तयारी गरिएको हो।

शेयर कारोबारको पहिलो दिन भने बजारमा लगानीकर्ताको उपस्थिति न्यून देखियो। हिँडडुल गर्न लगानीकर्तासँग पास नभएका कारण लगानीकर्ताको उपस्थिति न्यून देखिएको हो। तर केही लगानीकर्ता भने लकडाउनको अवधिमा समेत ब्रोकर कार्यालयमा उपस्थित भएका थिए। ‘एक दुई जना लगानीकर्ता हाम्रो कार्यालयमा आइपुग्नु भएको छ’रानाभाटले बताए।

ब्रोकर कार्यालयका कर्मचारी भने कार्यालयमा उपस्थित भएका छन्। नेपाल धितोपत्र बोर्डले प्रत्येक ब्रोकर कार्यालयलाई पाँच वटाका दरले पास उपलब्ध गराएका कारण उनीहरूलाई उपस्थित हुन सहज भएको रानाभाटको भनाइ छ। यद्यपि सबैलाई पास उपलब्ध गराउन सकिए अझै राम्रो गरी कारोबार गर्न सहज हुने रानाभाटको जिकिर छ। मेरोलगानी FIle photo



प्रतिक्रिया दिनुहोस्