Logo

नेपालमा चार जना पत्रकारलाई कोरोना संक्रमण



काठमाडौं, ३० बैशाख । नेपालमा चार जना पत्रकारलाई कोरोना संक्रमण भएको छ । मंगलबार पर्सामा संक्रमण देखिएका ३९ जनामध्ये चार जना पत्रकार हुन् ।

नारायणी उप क्षेत्रीय अस्पतालका प्रमुख डा.मदन उपाध्यायका अनुसार विगतमा संक्रमित व्यक्तिहरुसँग भेटघाट भएको खुलेपछि परीक्षण गर्दा चार जना सञ्चारकर्मीको रिपोर्ट समेत पोजेटिभ आएको बताए ।

पर्सामा राहत बाड्न खटिएका एक युवकबाटै धेरैलाई संक्रमण फैलिएको आशंका गरिएको छ । एकै परिवारका १७ जनामा त्यहाँ संक्रमण देखिएको छ । नेपालमा एक सय ९१ जनामा संक्रमण देखिएकोमा जसमध्ये ६४ जना पर्साका छन् । दृष्टिबाट File photo



प्रतिक्रिया दिनुहोस्