Logo

पत्रकार महासंघ पर्साका पदाधिकारी कोरोना संक्रमित, सम्पर्कमा पुगेका सयौं चिन्तामा



काठमाडौं, ३० वैशाख । आज वीरगञ्जमा कोरोना भाइरसका संक्रमितमध्ये पत्रकारहरु पनि रहेका छन् । चारजना संक्रमित पुष्टि भइसकेको छ । अन्य पत्रकारहरुको पनि कोरोना भाइरसको धमाधम टेष्ट शुरु गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका जिम्मेवार पदाधिकारी कोरोना भाइरसको संक्रमित भएको बुझिएको छ । उनी संक्रमित भएपछि सम्पर्कमा आएका व्यक्तिहरु समेत तनावमा परेका छन् ।

शाखाका ती अधिकारीले पर्साका सीडिओ देखि प्रहरी अधिकारीहरुलाई पनि लगातार भेटेको बुझिएको छ । पत्रकार महासंघका तर्फबाट सिडिओलाई ज्ञापनपत्र दिन पुगेका थिए । यसले ती पत्रकार धेरैको सम्पर्कमा पुगेको पुष्टि भएको छ । उनले सांसद, मेयरलगायत विभिन्न व्यक्तिहरुलाई भेटेकाले त्रास बढेको छ । (नोटः पत्रकारिताको धर्म पालना गर्दै कोरोना संक्रमित पत्रकारको नाम गोप्य राखिएको छ)



प्रतिक्रिया दिनुहोस्