Logo

पत्रकारलाई हातपात गर्ने पक्राउ



बारा, ३० वैशाख । दैनिक पत्रिकाका प्रकाशकलाई हातपात गरेको अभियोगमा २ जना आइतबार राति पक्राउ परेका छन् ।तराई मधेश राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशकलाई हातपात गरेको अभियोगमा कलैया उपमहानगरपालिकाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिकाका छोटु भन्ने ईरफान मन्सुर र सोही उपमहानगरपालिकाका नारायण सरार्फ रहेका छन् । सोही सडकमा मोटरसाइकल चढी घरतर्फ जाँदै गरेका उक्त दैनिक पत्रिकाका प्रकाशकलाई उनीहरुले हातपात तथा दुर्व्यहार गर्ने कार्यमा संलग्न भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot