Logo

लागूऔषध सहित पक्राउ



बाँके, ३० वैशाख । लागूऔषध सहित एकजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका जमुनाहबाट भारत बहराईच रुपैडिहा बस्ने रामकिसुन सरोजको नियन्त्रित लागूऔषध कोरेक्स १ सय एमएलको ४१ थान सहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot