Logo

आँखा नभएको बच्चाको उपचार हुन सकेन



चीनको गुआङंगझोऊमा आँखा बिना एउटा बच्चा जन्मिएको छ । बच्चाको शरीरमा आई टिशु थिएन यसकारण बच्चाले कहिल्यै पनि आँखा देख्न नसक्ने डाक्टरहरुले बताएका छन् । बच्चा एनापथैल्मिया नामको डिसअर्डरको पिडाबाट जन्मिएकाले बच्चाको आँखा हुन सक्दैन । परिवारले धेरै पटक गर्भवतीको क्रममा चेकअप गरेर अल्ट्रासाउण्ड गरेपनि आफुहरुलाई यस्तो समस्याको बारेमा जानकारी नभएको बताएका छन् ।

यो समस्या जन्मकै हो १ लाखमा एकजनामा यो समस्या हुन्छ । आजसम्म यसको कुनै उपचार छैन । यो अनुवंशिक परिर्वतन र असामान्य क्रोमोजमबाट हुनसक्छ । एक्सरे, केमिकल्स, ड्रग्स, भाइरस र रेडियसन जस्ता कारणले पनि हुनसक्ने रिर्सचरले बताएका छन् ।  एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्