मंगलबारको व्रतले डर र चिन्ताबाट मुक्ति दिन्छ । तर यसको विधिमा भने ध्यान दिनुपर्छ । यसरी गरौ व्रत –पुजा
मंगलबार बिहान चाडै उठ्ने
नुहाई धुवाई गरेर सफा हुने
यस दिन रातो रंगको कपडा लगाउने । त्यसपछि हनुमानजी लाई रातो रंगको फुल, सिन्दुर र कपडा चढाउनु पर्छ ।
श्रद्धा पुर्वक हनुमानजीको प्रतिमाको नजिकै ज्योती बालेर हनुमान चालिसा वा सुन्दर कान्डको पाठ गर्ने
बेलुकाको समयमा बेसनको लड्डु वा खीरको भोग हनुमानजी लाई लगाएर स्वयं नुन नरनखेको खाना खाने
मंगलबारको व्रत गर्नेले यस दिनमा ब्रह्चर्यको पालन गर्ने
मांगलिक दोषबाट पिडित व्यक्तिहरुले यो व्रत लिदा निकै लाभ हुन्छ ।
शनिको महादशा। ढैया वा साढेसातीले दिएको दुःख कम गर्नको लागि यो व्रत निकै लाभदायक मानिएको छ ।