Logo

रुसमा एकै दिन दश हजार संक्रमित, सर्वाधिक संक्रमित रहेको देशमध्ये दोस्रो



एजेन्सी, ३० वैशाख । रुस कोरोना भाइरस संक्रमित संख्या सर्वाधिक भएको देशको सुचीमा दोस्रो स्थानमा उक्लिएको छ । उसले दोस्रो स्थानमा रहेको स्पेनलाई आज उछिनेको हो ।

रुसी समाचार संस्था तासका अनुसार रुसमा संक्रमित संख्या २ लाख ३२ हजार नाघेको छ । स्पेनमा संक्रमित संख्या २ लाख २७ हजार छ ।

बितेको २४ घन्टामा रुसमा १० हजार ८ सय ९९ जना नयाँ संक्रमित पत्ता लागेको हो । तर, रुसमा मृतक संख्या भने बढी संक्रमित रहेका देशको तुलनामा निकै कम छ । त्यहाँ हालसम्म २ हजार १ सय १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

रुसले संक्रमण बढ्न नदिन लकडाउन गरेको छ । उसले आवागमनमा कडाई गरेको छ ।-Photo Credit: TASS



प्रतिक्रिया दिनुहोस्