Logo

नेपालबाट निर्यात हुने प्रशोधित पाम तेलको आयातमा भारतले लगायो प्रतिबन्ध



काठमाडौँ ३० वैशाख : भारतले नेपालबाट निर्यात हुने प्रशोधित पाम तेलको आयातमा प्रतिबन्ध लगाएको छ । साफ्टा सुबिधा अन्तर्गत रहेर भारतमा पाम तेल आयात गर्ने ३९ वटा कम्पनीको अनुमति पत्र रअनुमति पत्रका लागि परेका २३ वटा निवेदन खारेज गरेको रोयटर्सले जनाएको छ ।

भारत सरकारले गरेको यस निर्णयबाट नेपालले ठूलो व्यापार गुमाउने बताइएको छ । यस अघि पनि भारतले नेपाल लगायतका मुलुकबाट पाम तेलको आयात बन्द गरेको थियो । तर गत जनवरीमा निश्चित अनुमतिपत्रका आधारमा मात्रै आयात दिने सर्तमा भारतले आयात खुल्ला गरेको थियो ।

भारतीय अखबार हिन्दूस्तान टाईम्सका अनुसार मार्च अन्तिमसम्म नेपालबाट हुने निर्यात ३ सय १४ प्रतिशतले बढेको थियो । मेरोलागानी File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot