Logo

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो



काठमाडौँ ३० वैशाख : मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै आज मात्रै संक्रमित हुनेको संख्या ७४ जना पुगेको हो।

दिउसो मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरू कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना, बारामा १ जना र पर्सामा ३९ जनामा संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

योसंगै कोरोना संक्रमितको संख्या २०८ पुगेको छ। मेरोलागानी FIle photo



प्रतिक्रिया दिनुहोस्