एजेन्सी, ३० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक भाइरसले दुनियाँको तहसनहस बनाएको बताएका छन् । उनले अहिलेको अवस्थालाई युद्धको जस्तै भन्दै भारतले चौंथो चरणको लकडाउन नयाँ रुपरंगको हुने बताए ।
‘एक भाइरसले दुनियाँको तहसनहस पार्यो,’ मोदीले आज देशवासीलाई सम्बोधन गर्दै भने, ‘चौंथो चरणको लकडाउन नयाँ रुप रङ्गको हुन्छ ।’ १८ मेभन्दा पहिले नै चौंथो चरणको लकडाउनबारे जानकारी दिने खुलाए ।
विश्वभरको करोडौं जीन्दगी संकटको सामना गरिरहेको भन्दै आत्तिएर र आत्मसमर्पण गरेन नभई जिम्मेवारी निभाएर कोरोना भाइरसलाई परास्त गर्नुपर्नेमा जोड दिए । मोदीले भने, ‘न कहिले यस्तो संकट देखेका थियौं न सुनेका थियौं । अकल्पनीय हो । संकट अभुतपूर्व हो ।’
भारतले कोरोना भाइरसको चुनौतीका बाबजुद अवसर सृजना पनि गरेको बताए । भारतले दैनिक दुई लाख एन ९५ मास्क र दुई लाख पीपीई उत्पादन गरिरहेको बताए । उनले भने, भारतले आपतलाई अवसरमा बदलेको छ ।