Logo

अन्तर जिल्ला जारी भएका सबै सवारी पास रद्ध गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौँ, ३० वैशाख : सरकारद्वारा जारी लकडाउन थप कडाइ गर्ने भएको छ । मंगलबार एकै दिन ७४ जनामा कोरोना संक्रमण देखिएपछि पछिल्लो समय केही खुकुलो भएको लकडाउनलाई सरकारले कडाइ गर्ने भएको हो ।

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्दै लकडाउन कडा गर्ने निर्णय गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

हाल सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब उनीहरुले पनि सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको मन्त्रालय स्रोतको भनाई छ ।

यस्तै सञ्चारकर्मीहरुले पनि सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृह मन्त्रालयले जनाएको छ । मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्