Logo

काठमाडौंमा १ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखियो



काठमाडौं, ३० वैशाख । आज साँझ थप २६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको संख्या २६ रहेको छ ।

जसमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिला रहेका र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ जना पुरुष रहेका छन् ।त्यस्तै, महोत्तरी जिल्ला निवासी १६ र ३५ वर्षीय पुरुषहरु र धनुषा जिल्ला निवासी २० वर्षीया महिला र ४० वर्षीया पुरुष, भक्तपुर जिल्ला निवासी २५ वर्षीया महिला र २७ वर्षीया पुरुष, काठमाडौं जिल्ला निवासी ३३ वर्षीया महिला र सर्लाही निवासी ४५ वर्षीया पुरुष छन् ।



प्रतिक्रिया दिनुहोस्