Logo

बजेटबाटै पर्यटन व्यवसायीको अपेक्षा सम्बोधन



काठमाडौँ, ३१ बैशाख । कोरोना भाइरसबाट उत्पन्न महामारीका कारण सबैभन्दा छिटो र सीधा प्रभावित बन्यो पर्यटन र उड्डयन क्षेत्र । यो क्षेत्र पूर्ण रूपमा ठप्प हुँदा यसमा आश्रित श्रमिक त पीडामा छन् नै लगानीकर्तालाई पनि सहज स्थिति छैन ।

यो अवस्थामा समग्र पर्यटन क्षेत्र संरक्षणका लागि सरकारको रणनीति र तत्कालीन समस्या समाधानका लागि भइरहेका प्रयासका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग गोरखापत्रका अच्युत अधिकारी र विश्वास रेग्मीले गर्नुभएको कुराकानी : कोभिड–१९ का कारण नेपालको पर्यटन र उड्डयन क्षेत्र सम्भवतः अहिलेसम्मकै कठिन परिस्थितिबाट गुज्रिएको छ । यस क्षेत्रले पछिल्लोपटक बेहोरेकोे क्षतिको पूर्वानुमान मन्त्रालयले कसरी गरेको छ ?

पहिलो कुरा त हामीसँग पर्यटन क्षेत्रमा कति लगानी छ, कति श्रमिक काम गर्नुहुन्छ भन्ने समग्र तथ्याङ्क थिएन । यसबीचमा मन्त्रालयको समन्वय र नेपाल पर्यटन बोर्डको सक्रियतामा पर्यटन क्षेत्रसँग सम्बन्धित तथ्याङ्कको एउटा अनुमानित अवस्था हामीले तयार पारेका छौँ । बोर्डले गरेको अध्ययनमा नागरिक उड्डयनको क्षेत्रसहित यो क्षेत्रमा करिब १५ खर्ब लगानी भएको, करिब आठ लाख मानिसलाई यो क्षेत्रले रोजगारी दिएको छ भन्ने देखाउँछ । यद्यपि धेरै कम मात्रै सरकारी निकायमा दर्ता छन् । त्यस हिसाबले हेर्ने हो भने दर्ताको सङ्ख्या दुई÷तीन लाखभन्दा बढी छैनन् तर पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपले दसौँ लाख मानिस यसमा संलग्न छन् ।

हाम्रो सरकारी तथ्याङ्कले यो क्षेत्रले कुल गार्हथ्य उत्पादनमा करिब ३ प्रतिशत योगदान भएको देखाउँछ तर यो ३ प्रतिशतमा मात्र सीमित छैन । झन्डै ७ देखि १० प्रतिशत यसको योगदान छ । झन्डै ८० अर्ब रुपियाँ विदेशी मुद्रा यो क्षेत्रले आर्जन गर्छ । विदेशी मुद्रा आर्जन गर्ने नेपालका कुनै पनि क्षेत्रमध्ये यो पहिलो हो । यो तथ्याङ्कले नै के देखाउँछ भने जसरी सरकारले कृषि, जलस्रोत र पर्यटन भनेर प्राथमिकतामा राखेको छ, त्यो ठीक छ भन्ने लाग्छ ।

कोरोना भाइरसको सुरुवातबाटै विश्वसँगै नेपालको पर्यटन क्षेत्रमा पनि यसको सीधा नकारात्मक असर पर्यो । एयरलाइन्स चलेनन्, होटल बन्द भए, मान्छेको आउजाउ बन्द भयो । यसबाट कति घाटा भयो भन्ने मूल्याकङ्न अहिले हामीले गरिरहेका छौँ । होटल बन्द हुँदा श्रमिकको अवस्था चिन्ताजनक भएको छ । होटल घरभाडामा लिएर चलेका छन्, बैङ्कको ब्याज तिर्नुपर्ने समस्या छ । एयरलाइन्स बन्द हुँदा दैनिक तिर्नुपर्ने शुल्क छँदै छन् । त्यस्तै श्रमिकको काम समाप्त भएको अवस्था छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्