Logo

प्रधानमन्त्री ओलीले आज नेकपा स्थायी समिति बैठकको सामना गर्ने



काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटि बैठकको सामना गर्ने भएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक निकै महत्वपूर्ण हुने बुझिएको छ ।

यसअघि बैठक स्थगित भएपछि ओलीइतरका स्थायी समिति सदस्यहरुले उनको आलोचना गरेका थिए । स्थायी समिति सदस्य भीम रावलले विधान विपरितको कार्य गरेको भन्दै प्रश्न उठाएका थिए ।

चौतर्फी दबाबपछि डाकिएको बैठकमा कोरोना भाइरस रोकथाममा चालिएका कदम, लिपुलेकमा भारतले व्यापार मार्ग खोलेको, नेकपाको आन्तरिक विवाद समाधानलगायतमा छलफल हुने बुझिएको छ । बैठकमा निकै चर्काचर्की हुनसक्ने बताइएको छ ।

बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमबारे पनि छलफल हुने बुझिएको छ । २ जेठमा संसदमा प्रस्तुत हुनु ठिक अघि बैठक बस्न लागेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्