Logo

सांसदहरुको आवतजावत रोक्नेबारे गृह मन्त्रालय मौन



काठमाडौं, बैशाख ३१ । सरकारले आवत जावतमा कडाई गरिएको घोषणा गरेपनि सांसदहरुको आवतजावतमा भने गृह मन्त्रालय मौन रहेको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सांसदहरुलाई आवाज जावतमा रोक्ने बारे मन्त्रालय केही नबोलेको जानकारी दिएका छन्।

पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले सांसदहरुका बारेमा स्थानीय प्रशासनले नै निर्णय गर्न सक्ने जानकारी दिएका छन् ।

‘उहाँहरु जानु पर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको पूर्व स्विकृती लिएर माननीयहरु जानु सक्नुहुन्छ ।’ शर्माले भने, विशिष्ट व्यक्तिहरुलाई दिइएको सुरक्षाकर्मी घटाउने सम्वन्धी नयाँ कार्यविधि मन्त्रीपरिषद्मा पठाइएको छ ।’

कार्यविधि मन्त्रीपरिषद्बाट स्विकृत भएपछि कार्यान्वयन गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको तर अहिले नै केही गर्न सक्ने अवस्था भने नरहेको उनले उल्लेख गरे। उनले आवाजजावतलाई पहिला भन्दा कडाई गर्न गृह मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन दिएको भने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्