Logo

जलविद्युत् क्षेत्रमा भएको क्षति न्यूनीकरण गर्न सरकार तयार



काठमाडौं, बैशाख ३१ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना महामारी कारण जलविद्युत् क्षेत्रमा भएको क्षति न्यूनीकरण गर्न सरकार तयार रहेको बताएका छन् । कोरोना नियन्त्रणका गर्न गरेको लकडाउनका कारण ऊर्जा क्षेत्रमा लगानी गरेको निजी क्षेत्रसमेत प्रभावित भएको भन्दै त्यसका लागि सरकारले राहत हुनेगरी नीतिगत र व्यावहारिक निर्णय लिएको बताएका हुन् ।

मन्त्री पुनले विद्युत् प्राधिकरणका ग्राहकसँग शुल्क नलिएर भए पनि निजी क्षेत्रका उत्पादकलाई विद्युत् रकम भुक्तानी गरिएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।

‘सरकार निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने पक्षमा छ, ‘त्यसकारण ग्राहकसँग शुल्क नउठ्दा पनि निजी क्षेत्रका हाइड्रो पावरलाई नियमित भुक्तानीको व्यवस्था मिलाइएको छ, यो निरन्तर रहन्छ ।’ मन्त्री पुनले बताएका छन् ।

सर्भे र जेनेरेसन अनुमति लिएका, वित्तीय व्यवस्थापन गरिसकेका र पीपीए भइसकेका निजी क्षेत्रका आयोजनाको म्याद थप गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्