काठमाडौं, बैशाख ३१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षामा कुनै शुल्क नलिन आग्रह गरेको छ । पछिल्लो समयमा अनलाइनबाट कक्षा सञ्चालन गरेका केही विद्यालयले शुल्क उठाउन थालेपछि सरकारले सो आग्रह गरेको हो ।
निजी विद्यालयले घरमा बसेका आफ्ना विद्यार्थीलाई पढ्ने वातावरण बनाउन भन्दै करिब दुई सातादेखि अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालय सञ्चालकले कुनै पनि शुल्क नलिने उल्लेख गर्दै अनलाइन कक्षा शुरू गरेको जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनलाइन कक्षा शुरू गरे पनि त्यसको शुल्क नलिन आग्रह गरे ।
प्याब्सन अध्यक्ष टीकाराम पुरीले लकडाउन सकेर विद्यालय नखुलेसम्म कुनै प्रकारका शुल्क नलिने र विद्यालय शुरू भएपछि पुनः पठनपाठन शुरू गर्ने तयारीसहित अनलाइन कक्षा सञ्चालन गरेको स्पष्ट पारेका छन् ।
उनले भने– ‘विद्यार्थीको मन बहलाउनका लागि मात्र कक्षा सञ्चालन गरेका हौं ।’ प्याब्सनले त्यसो भनिरहँदा केही विद्यालयले भने ५ घन्टासम्म अनलाइन कक्षा सञ्चालन गरिरहेको छ ।नेपाल समाचचारपत्र दैनिकमा खवर छ ।