Logo

भीम रावलले भने- कोरोना संक्रमित सुरक्षागार्ड श्रीमती सुत्केरी भएर एक महिनायता बिदामा



काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा पुगेकाहरुको खोजी भएको छ । उनी रावलको सुरक्षामा खटिएकाले धेरैसँग सम्पर्कमा पुगेको हुनसक्नेतर्फ ध्यान दिइएको छ ।

तर, पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलले ती सशस्त्रका जवान एक महिनायता घरमै रहेको बताएका छन् । उनले ऋषि धमलासँग भने, ‘उहाँ एक महिनायता भक्तपुरमै हुनुभएको जानकारी पाएको छु ।’  श्रीमती सुत्केरी भएर बिदामा बसेको रावलले बताए ।

२७ वर्षीय प्रहरी जवान रामेछाप स्थायी घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका थिए । कोरोना संक्रमित भएपछि उनको टेकुस्थित शुक्रराज अस्पतालमा उपचार भइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्