Logo

धनुषामा दुई कोरोना संक्रमित थपिए



धनुषा, बैशाख ३१ । बुधबार धनुषामा थप दुई महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मिथिला नगरपालिकाका स्थाई बासिन्दा हुन् । मंगलबार पनि जनकपुुर उपमहानगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेश २ का आठ जिल्लामध्ये सिरहामा भने अहिलेसम्मको जाँचमा सङ्क्रमण देखिएको छैन । उक्त प्रदेशमा मङ्लबार मात्र दुई सय ११ जनाको पिसिआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो ।

प्रदेशमा मङ्गलबारसम्म तीन हजार नौ सय ३६ जनाको स्वाब सङ्कलन भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्