Logo

भारतद्वारा दुई सय खर्बको आर्थिक प्याकेजको घोषणा, लकडाउको अवधि थप्ने तयारी



३१ वैशाख : भारतले कोरोना भाइरसले पारेको प्रभाव कम गर्नका लागि २०० खर्ब अर्थात् २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्योकजको घोषणा गरेको छ।

मंगलबार देशलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका हुन्। यो रकम भारतको जीडीपीको आकारको १० प्रतिशत हो।

मोदीले भारतलाई आत्मनिर्भर बनाउने अभियानको लागि नयाँ प्रोत्साहन दिन उक्त प्याकेज ल्याइएको बताए।

यसैगरी, मोदीले लकडाउको चौँथो चरण पनि लागू गरिने तर नयाँ नियमहरु लागू गरिने बताए।

मोदीले सम्बोधनका क्रममा आर्थिक प्याकेज भारतको श्रमिक र किसान, मध्यमवर्ग र उद्योगहरुका लागि ल्याइएको बताए। मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्