Logo

भीम रावलका सुरक्षागार्डलाई कोरोना संक्रमण खुलेपछि नेकपा बैठक स्थगित



काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठक स्थगित भएको छ । विहान ११ बजेलाई डाकिएको बैठक अर्को सुचना नआएसम्मका लागि स्थगित भएको स्थायी कमिटि सदस्य मणि थापाले जानकारी दिए ।

बैठक स्थगनको जानकारी आएपछि धुम्बाराही हिंड्न तयार भएका नेताहरु रोकिएका छन् । कतिपय नेताहरु बाटोबाट फर्किएको बुझिएको छ ।

स्थायी कमिटि सदस्य मणि थापाका अनुसार सबै स्थायी समिति सदस्यहरुको कोरोना टेष्ट गरेपछि मात्र बैठक हुनेछ । अर्का स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले केही स्थायी कमिटि सदस्यको कोरोना टेष्ट हुन बाँकी रहेकाले पनि बैठक स्थगित भएको बताए । सबैको टेष्ट भएपछि बैठक बस्ने बताए ।

तर, स्थायी कमिटि सदस्य भीम रावलका सुरक्षागार्डलाई कोरोना भाइरसको संक्रमणभएलगत्तै बैठक स्थगित हुनु अर्थपूर्ण छ । भक्तपुर दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका २७ वर्षीय सशस्त्र प्रहरी जवानको हिजो कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी रावलका सुरक्षामा खटिएको टोलीमा रहेको खुलेको थियो । तर, रावलले उनी एक महिनायता श्रीमती सुत्केरी भएर घरबिदामा बसेको बताएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्