Logo

भीम रावलले सुरक्षा टोलीका जवानलाई टेष्ट नगरी नआउन भनेपछि…



काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावल पूर्व उपप्रधान तथा गृहमन्त्री हुन् । सरकारले पूर्व गृहमन्त्रीहरुलाई दिने सुरक्षा अनुसार उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षाका लागि दिइएको छ । त्यसमध्ये थिए रामेछाप घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा स्थायी रुपमा बस्दै आएका २७ वर्षीय सशस्त्र प्रहरीका जवान ।

ती जवान पत्नी सुत्केरी भएपछि रावलसँग एक महिना अघि बिदा मागेर घर गएका थिए । त्यसबीच लकडाउन कडा भएकाले उनी घरतिरै बसे । दुई दिन अघिमात्र ती जवानले ड्युटीमा खटिनका लागि आउँछु भनी खबर पठाए । रावलका अनुसार आउने भए कोरोना भाइरसको परीक्षण गरेर मात्र आउन भने ।

सशस्त्रका जवान कोरोना भाइरसको टेष्ट गर्न पुगे । उनको टेष्ट पोजेटिभ देखियो । टेकुस्थित अस्पतालमा ती जवानलाई उपचारका लागि हिजो नै लगिएको छ ।

जवान कहाँ खटाइएका हुन् र को कोसँग सम्पर्कमा आए भन्ने बुझ्दै जाँदा भीम रावलका सुरक्षागार्ड भएको पत्ता लाग्यो । अहिले उनी सम्पर्कमा पुगेकाहरुबारे खोजी भइरहेको र उनीहरुको टेष्ट गर्ने तयारी भएको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्