Logo

विहानै चिनियाँ सेनाको जम्बो जहाज काठमाडौंमा अवतरण



काठमाडौं, ३१ वैशाख । बुधबार विहान जम्बो जहाज काठमाडौंमा उत्रियो । पुच्छरमा चीनको झण्डा अंकित उक्त विमान चिनियाँ जनमुक्ति सेनाको हो ।

चीनबाट नेपाल आएको विमान चीन सरकारबाट सहयोगस्वरुप स्वास्थ्य सामाग्री ल्याएको बताइएको छ । नेपाल सरकारले नेपाली सेनामार्फत खरिद गरेको स्वास्थ्य सामाग्री समयमा आउन ढिलाई हुनेभएपछि चिनियाँ सेनाको विमानबाट सहायतास्वरुप सामाग्री ल्याइइएको बुझिएको छ ।

हिजोबाट कोरोना भाइरसको संक्रमण बढेपछि अकस्मात चीनको विमान आउनुलाई अर्थपूर्ण मानिएको छ । तत्काल सामाग्री नसकियोस् भनेर चिनियाँ दुतावासमार्फत् उक्त सामाग्री झिकाइएको स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्