काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ साँढे चार बजे सर्वदलीय बैठक बोलाएका छन् । भारतसँगको सीमा विवादको विषयमा छलफल गर्न उनले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु र सबै दलका शीर्ष नेताहरुलाई बोलाईएको छ ।
भारतले नेपाली भूमिमा सडक बनाएपछि नेपालमा भारतको चौतर्फी विरोध भैरहेको छ । संसदमा समेत अहिले यही विषय जोडदार रुपमा उठिरहेको छ । प्रधानमन्त्री ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा भारतले लिपुलेकमा सडक बनाउँदै छ भन्ने कुरा यसअघि आफूलाई थाहा नभएको जनाएका थिए । तर, परराष्टमन्त्री प्रदीप ज्ञवालीले भने सार्वभौम संसदमा भारतले सडक बनाउँदै छ भन्ने कुरा आफूहरुाई थाहा भएको बताएका थिए ।