Logo

एनएमबि बैंकमा भाइबरबाटै खाता खोल्न सकिने



काठमाडौँ ३१ वैशाख : फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ ।

बैंकले ग्राहक लाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न भाइबरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवा ल्याएको हो ।

हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु¥याउने एक महत्वपूर्ण योजना भएको बैंकले जनाएको छ । मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्